यो वर्ष करिव ५ करोड व्यक्ति अत्यधिक गरीबीको सूचीमा पर्ने अनुमान

बिएल संवाददाता

संयुक्त राष्ट्र

संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले विश्वव्यापी जीडीपीमा लगातार गिरावट भएको भन्दै यो वर्ष साढे ४ करोड ९ लाख भन्दा बढी व्यक्ति अत्यधिक गरीबीको सूचीमा पर्ने अनुमान गरेको छ। 

कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको लकडाउनले आर्थिक गतिविधि ठप्प छ। अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान छैन।

अभूतपूर्व यो सङ्कटले अर्थतन्त्रमा अहिले नै गम्भीर असर पारिसकेले धेरै मानिस गरीबीको सूचीमा पर्ने अनुमान गरिएको हो। 

राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कोरोना संकटको कारण विश्वमा खाद्यान्न आपतकालिनबाट जोगिनका लागि तुरुन्त कदम चाल्न आग्रह गरेका छन्।

उनले विश्वमा उत्पन्न भएको खाना संकटका कारण लाखौं बालबालिका र वृद्धवृद्धा प्रभावित हुने बताए। उनले भने,‘विश्वमा ८२ करोड मानिस भोकाएका छन्। ५ वर्ष भन्दा कम उमेरका साढे १४ करोड बालबालिकाले सन्तुलित भोजन खान पाएका छैनन्। जसले गर्दा उनीहरुको बृद्धि विकासमा असर गरेको छ।’ 

उनले यो अवस्था अझ दर्दनाक हुने बताए। विश्वको साढे ७ अर्ब जनसंख्यालाई खुवाउन पर्याप्त भोजन छ,’ उनले भने,‘तर हाम्रो खाद्य प्रणाली असफल भइरहेको छ।’

उनले सबै देशले साना बालबालिका, गर्भवती र स्तनपान गराउने महिला र बुजुर्गहरु लगायत अन्य समूहहरुलाई पौष्टिक खानाको आपूर्ति सहज तरिकाले गर्न आग्रह गरे।

प्रकाशित मिति: : 2020-06-11 08:27:02

प्रतिकृया दिनुहोस्