अमेरिकामा काेराना संक्रमितकाे संख्या २० लाख नजिक, बेलायतलाई उछिन्दै एसियाली राष्ट्र भारत

अमेरिकामा कोरोना संक्रमितको संख्याले २० लाख नजिक पुगेको छ। अमेरिकमा संक्रमितको संख्या १९ लाख ९९ हजार ३ सय ९२ संक्रमित छन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १२ हजार ८ सय ७८ पुगेको छ।  

यता संक्रमितको संख्या तीब्र गतिमा ब्राजिलमा पनि फैलिरहेको छ।  ब्राजिलमा अहिले संक्रमितको संख्या ७ लाख ७२ हजार ४ सय १६ पुगेको छ। 

खराब मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलले मृत्यु हुनेको संख्यामा ३९ हजार ६ सय ८० छ।

रसियामा ४ लाख ९३ हजार २३ जना संक्रमित छन्। बेलायतमा  २ लाख ९१ हजार ५ सय ८८ संक्रमित छन्। मृत्यु दर हेर्ने हो भने अमेरिकापछि दोस्रो स्थानमा छ बेलायत। बेलायतमा ४१ हजार २ सय १३ जनाको ज्यान गुमिसकेको छ। 

बेलायतको पछि भारत छ। भारतले दुई दिनभित्रै बेलायतलाई संक्रमित संख्यामा उछिन्न सक्छ। भारतमा दैनिक १० हजारको हाराहारीमा संक्रमितको संख्या थपिँदो छ। 

पछिल्लो २४ घण्टामा १२ हजार ३७५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ८७ हजार १५५ पुगेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४० हजार ९७९ जना संक्रमणमुक्त भएका छन्।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ।

विहिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४ लाख १८ हजार १३७ पुगेको छ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ। तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ।

विश्वमा संक्रमित हुने मानिसको संख्या ७४ लाख ४६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार ५९३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ७४ लाख ४६ हजार ११७ पुगेको छ।

३३ लाख २ हजार ३२१ जनाको उपचार भइरहेकोमा ५३ हजार ८१२ जनाको अवस्था गम्भीर छ। ३७ लाख २५ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन्।

प्रकाशित मिति: : 2020-06-11 07:56:58

प्रतिकृया दिनुहोस्