गुजरातको सुरतमा कोरोनाको उपचारको नाममा निजी अस्पतालले लुट्ने गरेको तथ्य बाहिरिएको छ। ट्राई स्टार अस्पतालमा एक कोरोना संक्रमितलाई उपचारको नाममा १२ लाख २३ हजार रूपैयाँ लिइएको खुलेको छ। बिरामीलाई २४ दिनसम्म अस्पतालमा उपचार गरियो। तर उनी पूर्णरूपमा निको भने हुन सकेनन्।
झापा बजार क्षेत्रमा बस्ने गुलाम हैदर १३ मेमा रुघा र खाेकी भएको भन्दै उपचारका लागि अस्पताल पुगेका थिए। उनमा काेराेना भाइरससँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि साेही दिन अस्पताल भर्ना गरियाे।
उनकाे काेराेना परीक्षण पनि गरियाे। बिरामीको भाई मुस्तफाका अनुसार हैदरको कोरोना रिपाेर्ट पोजिटिभ आयो। तर ४८ घण्टापछि दोस्रो पटक परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आयाे। यद्यपी हैदरलाई अस्पतालमा राखियाे।
डाक्टरले उनका परिपवारलाई बिरामीको फोक्सो खराब भएकाे भन्दै २४ दिन भेन्टिलेटरमा राख्न लगाए।
साे क्रममा विरामीकाे १० एक्स-रे, २० प्रयोगशाला रिपोर्ट, ३ सिटी स्क्यान गरियाे। यति गर्दा उनीहरुकाे ६५ हजारकाे बिल बन्याे।
यता ४ लाख २२ हजार त औषधीकाे मात्रै बिल आयाे। यता अस्पतालले २४ दिन राखेकाे भन्दै थप ८ लाख तिरायाे।
उनीहरुले कूल १२ लाख २३ हजार रूपैयाँ बिल तिरेपछि मात्र बिरामीलाई डिस्चार्ज गरियो। कोरोना ६ भन्दै २४ दिनसम्म अस्पतालमा उपचार गरियो, तरपछि पनि उसको स्वास्थ्य पूर्णरूपले निको हुन सकेन। तर उसको खुट्टा अझै राम्ररी काम गर्दै छैन। यता बिरामीका भाइका अनुसार उनी ५ भाइमध्य सबैभन्दा स्वास्थ्य थिए।