सांसद तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीको घर अगाडि बुधबार साँझ केही युवाले कालो झण्डा देखाएर नाराबाजी गरेका छन्।
कालो झण्डा लिएर नाराबाजी गरेका युवाहरूले सांसद गिरी राष्ट्रघाती रहेको बताएका छन्।
‘राष्ट्रवादी जनता जिन्दावाद, सरिता गिरी मुर्दावाद’ भन्दै नाराबाजी गर्ने युवाहरूको परिचय खुल्न सकेको छैन।
कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्साबारे संसदमा दर्ता भएको संविधान संसोधनको प्रस्तावविरुद्ध गिरीले बुधबार संसोधन प्रस्ताव दर्ता गरेकी थिइन्।
उनलाई उनीसम्वद्ध दलले प्रस्ताव फिर्ता लिन आग्रह पनि गरिसकेको छ।