मध्यप्रदेशकाे शाजापुरमा इनारकाे पर्खाल ढल्दा चार मजदुरको मृत्यु

मध्य प्रदेशको शाजापुर जिल्लास्थित बिजनाखेरी गाउँको खेतमा निर्माणाधीन इनारको पर्खाल ढल्दा चार मजदुरको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मृत्यु हुनेमा वर्ष ३० का कन्कु बाई, ३५ का लीला बाई, २४ का भूरी बाई र २६ का पृथ्वी सिंह रहेका छन्। उनीहरु सबै मजदुर रहेको प्रहरीले जनाएको छ। 

जिल्ला कलेक्टर डीके जैनका अनुसार मंगलबार साँझ साढे ६ बजे ४० फिट गहिरो निर्माणाधीन इनार सफा गर्ने क्रममा पर्खाल भत्किँदा उनीहरु थिचिएका हुन्। 

उनका अनुसार दुर्घटना भएको जानकारी पाउनसाथ उद्दारका लागि जनशक्तिका साथ मेशिनको पठाइएको थियो। तर १२ घण्टापछि बुधवार बिहान साढे ११ बजेतिर शव निकाल्दा सबैको मृत्यु भइसकेको पुष्टि भएकाे थियाे। 

यता ममान बडोदिया प्रहरी चौकीका इन्चार्ज यूएस आलावाका अनुसार इनार मालिक कालूसिंह सन्धिया र उनका भाई नारायण सिंह घटना पश्चात फरार रहेको बताए। उनले फरार रहेको दाजुभाइको खोजी जारी रहेको बताएका छन्। 

मृतकको शव  पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ।

प्रकाशित मिति: : 2020-06-10 19:43:02

प्रतिकृया दिनुहोस्