दैलेखका २५ सहित कर्णालीका थप ३७ जनामा संक्रमण, संक्रमितको संख्या ७०८ पुग्याे

कर्णालीमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणमा थप ३७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

उनका अनुसार थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका तीन जना रहेका छन्। 

दैलेखको डुङ्गेश्वर गाउँपालिका १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन्। सुर्खेतको बराहाताल गाउँपालिका ४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका १२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन्। सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन्।

त्यस्तै, जाजरकोट छेडागाड नगरपालिका १२ का दुईजना पुरुष, शिवालय गाउँपालिका १, का एकजना पुरुष रहेका छन्। योसँगै कर्णालीमा बुधबारसम्म संक्रमितको संख्या ७०८ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-10 17:02:21

प्रतिकृया दिनुहोस्