कोरोना भाइरस (कोभिड–१९) को फैलावट मुम्बईमा दिन प्रतिदिन बढिरहेको छ। यसैबीच मीरा भायन्दर महानगरपालिका शिव सेना नगरसेवक हरिश्चन्द्र आमगांवकरको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
उनको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको शिवसेना मीरा भायन्दर शाखा प्रमुख राजेन्द्र थलारीले जानकारी दिए।
५५ वर्षीय नगरसेवक आमगांवकरको दुई सातादेखि उपचार भइरहेको थियो। कोरोनाको लक्षण देखिन थालेपछि उनलाई ठाणेको निजी अस्पतालमा भर्ना गरिएको थियो। उपचाररत आमगांवकरको मृत्यु भएको हो।
उनको मृत्युले मीरा भायन्दर शहरमा डरको वातावरण सिर्जना गरेको छ। मृतक नगरसेवक आमगांवकरकी श्रीमती र आमालाई पनि कोरोना संक्रमण भएको र अहिले उपचार भइरहेको छ।