प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गरेका थिए।

उक्त बजेटलाई बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो। बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिएका छन्।

प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ। राष्ट्रियसभामा प्रतिननिधि सभामा जस्तै मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ। सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पारित गर्नेछ।

प्रकाशित मिति: : 2020-06-10 14:49:25

प्रतिकृया दिनुहोस्