कार्पेट र कुर्सी किनेको कुरा राष्ट्रपतिलाई थाहा हुँदैन, साना साना कुरामा तारो बनाए: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले उनले राष्ट्रपति कार्यालयमा कार्पेट किनेको बिषय राष्ट्रपतिलाई थाहा नहुने भन्दै बचाउ गरेका छन्।  

बुधबार संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले गणतन्त्रको विरोध गर्नेहरुले राष्ट्रपतिमाथि आक्रमण गरेको बताए।

‘कुर्सी कसले किनेर ल्यायो राष्ट्रपतिलाई थाहा हुन्छ? राष्ट्रपतिले कुर्सीको अर्डर गर्छ ? उहाँलाई थाहा हुन्छ कार्पेट कसले खरिद गर्‍यो भन्ने कुरा? कार्पेट कहाँ राखियो प्रधानमन्त्रीलाई थाहा हुन्छ? प्रधानमन्त्रीको काम होर त्यो? प्रधानमन्त्री निवासमा कार्पेट कहाँबाट ल्याइयो कसरी थाहा हुन्छ?,’ उनले प्रश्न गरे। 

दलगत रुपमा हेरर जे मा पनि राष्ट्रपतिको विरोध गरेको भन्दै उनले अस्तुष्टि समेत प्रकट गरे। 

‘जे मा पनि राष्ट्रपतिको विरोध गर्ने? दलगत रुपमा हेर्ने कुरा पनि उचित होइन्। राष्ट्रपतिको संस्थालाई हामीले निष्पक्ष मर्यादित रुपमा व्यवहार गर्ने र राष्ट्रपतिलाई कार्यकारी अधिकार नभएको सम्मानित संस्थाको रुपमा।?

उनले गणतन्त्रको विरोध गर्नेहरुले घुमाउरो रुपमा राष्ट्रपतिमाथि प्रहार गरेको बताए। ‘राष्ट्रपति विरुद्ध साना साना कुरामा लगातार आक्रमणको तारो बनाएका छन्,’ उनले भने,‘त्यो गणतन्त्र विरुद्धको साजिस हो।’

प्रकाशित मिति: : 2020-06-10 14:16:49

प्रतिकृया दिनुहोस्