आदित्यनाथको धम्की निन्दनीय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले नेपालका सम्बन्धमा दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले आदित्यनाथले बोलेको हो भने उक्त कुरा निन्दनीय भएको बताए । 

प्रधानमन्त्री ओलीले आदित्यनाथले बोलेको हो भने जायज नभएको र नेपाललाई धम्क्याउन खोजेको हो भने त्यो उचित नभएको टिप्पणी गरेका हुन्। ‘उनले नेपाललाई धम्क्याउन र हेप्न खोजेको हो भने नेपाल हेपिन तयार छैन’, प्रधानमन्त्रीले भने, ‘यदि योगी आदित्यनाथले नेपाललाई धम्क्याउन खोजेका हुन् भने त्यो नेपाललाई मान्य छैन, उनले मुख्यमन्त्रीका हैसियतले आपत्तिजनक अभिव्यक्ति दिएका छन् भने त्यो निन्दनीय कुरा हो ।’

आदित्यनाथले नेपालले तिब्बतको परिणामबाट चेतोस् भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।

 

प्रकाशित मिति: : 2020-06-10 13:21:09

प्रतिकृया दिनुहोस्