युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियन्स लिग अन्तर्गतका बाँकी खेलहरु सुरु गर्ने अनुमति दिए त्यसका लागि लिस्बन तयार रहेको देखिएको छ ।
पोर्चुगिज प्रिमियरा लिग क्लब लिस्बनसँग दुईवटा रंगशाला छन् । तर उसले आउँदो अगस्टमा खेल गर्नका लागि तयार रहेको बताएको छ। उसले ८ टिमको नकआउटका लागि आफू तयार रहेको जनाएको हो।
च्याम्पियन्स लिगका बाँकी खेलहरु सुरु गर्नका लागि क्वाटरफाइनल, सेमिफाइनल तथा फाइनल खेल एकै ठाउँमा गर्ने विकल्पमा छलफल भइरहेको छ ।
च्याम्पियन्स लिग फुटबलको फाइनल सामान्य अवस्थामा मे ३० मा स्थानबुलमा हुने तय थियो । तर महामारीका कारण खेल रोकिएको छ।
तर नयाँ मिति भने घोषणा भइसकेको छ। च्याम्पियन्स लिगको फाइनल आउँदो अगस्ट २३ तथा युरोपका लिगको फाइनल अगस्ट २१ मा गर्ने गरी तयारी भइरहेको छ ।
युइएफएले अब बाँकी खेलहरु सुरु भएको अवस्थामा स्थानबुलको विकल्प खोजेको जनाएको छ ।
यता युरोपा लिगको फाइनल सामान्य अवस्थामा पोल्याण्डको ग्डान्स्कमा हुने तय थियो तर अब जर्मनीमा हुन सक्ने भएको ।