सुलेमानीको हत्यामा संलग्न जासूसलाई इरानले मृत्युदण्ड दिने

बिएल संवाददाता

न्यूयाेर्क

 इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गर्न अमेरिकालाई सूचना दिने एक इरानीलाई मृत्युदण्ड दिइने भएको छ। गत जनवरी ३ मा इराकको राजधानी बगदादमा अमेरिकाले ड्रोन हमलामा सुलेमानीकाे हत्या गरेकाे थियाे।

इरानक न्यायिक प्रवक्ता घोलामहोस्सेनी इस्माइलीका अनुसार मोहम्मद मौसाभी–मजिद नाम गरेका ती व्यक्तिलाई मृत्युदण्ड दिइने भएको हो। 

‘सीआइए र मोसादका जासुस मोहम्मद मौसाभी–मजिदलाई मृत्युदण्डको सजाय गरिएको छ,’ न्यायिक प्रवक्ता घोलामहुस्सेनीले मंगलबार टेलिभिजनबाट प्रशारण गरिएको एक पत्रकार सम्मेलनमा जानकारी दिए।

मजिदले अमेरिकी जासूसी संस्था सीआइए र इरानी जासुसी संस्था मोसादका लागि जासुसी गरेको आरोप लगाइएको छ।

इरानका अनुसार, अमेरिकाद्वारा हत्या गरिएका अमेरिकाकाका लागि जासूसी गर्ने तथा इस्लामी रिभोल्युसनी गार्ड कर्प्स (आइआरजीसी)का कमाण्डर सुलेमानी कहाँ छन् भन्नेबारे अमेरिकी र इजरायली जासुसी संस्थाहरुलाई सूचना उपलब्ध गराएका थिए।

तर उनले मजिदलाई कहिले मृत्युदण्ड दिइनेछ भनेर चाहिँ बताएनन्। यसअघि नै इरानले अमेरिकाका लागि जासुसी गर्ने १७ जनालाई पक्राउ गरिएको जानकारी दिइसकेको छ।

सुलेमानीका हत्याका विरुद्ध के कस्ता कारवाहीहरु भइरहेका छन् भन्नेबारे सार्वैजनिक जानकारी दिइएको छैन। उक्त मुद्दामा मजिदको नाम जोडेर त्यहाँको न्यायप्रणालीले जानकारी दिएको पहिलो पटक हो।

क्विड फोर्स इरानको विदेशमा रहेका सैन्य कारबाहीका लागि जिम्मेवार निकाय हो।

क्विड फोर्समार्फत् ‍वर्षौँदेखि सुलेमानीको नेतृत्वमा लेबनन, इराक. सिरिया वा अन्यत्र योजनाबद्ध हमला गरेर तथा तेहरानका स्थानीय समर्थकहरूलाई बलियो बनाएर इरानको प्रभाव बढाउने काम हुँदै आएको थियो।

वाशिङटनका लागि उनी अमेरिकी रगत लतपतिएको हात भएका मानिस थिए।

तर उनी इरानमा लोकप्रिय थिए। र, व्यावहारिक रूपमा हेर्दा अमेरिकी प्रतिबन्ध र दबावहरूविरुद्ध लडाइँको नेतृत्वकर्ता थिए।

इराकमा रहेको अमेरिकी सैन्य शिविरहरूमा सानोतिनो रूपमा भइरहेका रकेट आक्रमणका लागि तेहरानलाई दोष लगाइएको थियो। एकजना अमेरिकी ठेकेदारको त्यस्तै रकेट आक्रमणमा मृत्यु भएको थियो।

तर यसअघिका इरानी कारबाहीहरू खाडीमा ट्याङ्करहरूमाथि हमला, अमेरिकी मानवरहित विमान झारेको र साउदी अरबमा एउटा तेल केन्द्रमाथि थियाे।

अमेरिकी विदेश मन्त्री माइक पम्पेओले इरानको रिभोलुशनरी गार्ड्स कर्पलाई आतङ्ककारी समूह भनेका थिए।

इराकमा रहेको अमेरिकी सैन्य शिविरहरूमाथि भएका रकेट आक्रमणबारे पेन्टागनले इरान समर्थक मिलिशियाहरूलाई दोष लगाउँदै त्यसविरुद्ध कारबाही गरेको थियो।

प्रकाशित मिति: : 2020-06-10 06:05:18

प्रतिकृया दिनुहोस्