वीरगन्ज महानगरद्वारा पर्साका १ सय १० सञ्चारकर्मीको कोरोना विमा

नेपाल पत्रकार महासंघ पर्साले वीरगन्ज महानगरपालिकाको सहयोगमा महासंघ पर्सा शाखाका १ सय १० जना साधारण सदस्यको मंगलबार एकैपटक कोरोना बिमा सम्पन्न गरेको छ ।

वीरगन्ज महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच प्रमुख विजय कुमार सरावगीले महासंघका अध्यक्ष श्याम बन्जारालाई बिमा पोलिसी हस्तान्तरण गरेका हुन्। सो अवसरमा संकटको बेलामा फ्रन्ट लाइनमा खट्ने संचारकर्मीहरुको बिमा गर्नु महानगरपालिकाको आफ्नो कर्तब्य भएकोले त्यसको पालना गरेको नगर प्रमुख सरावगीले बताए ।

महानगरपालिकाले महासंघका सदस्य नरहेका तर क्रियाशिल पत्रकारको पनि बिमा गर्ने नगर प्रमुख विजय सरावगीले जानकारी दिए।

अब महासंघसँग आवद्ध पत्रकारको पीसीआर परीक्षणमा पोजिटीभ रिपोर्ट आएमा बिमा कम्पनीले १ लाख रूपैंया तत्काल उपलब्ध गराउने बिमा कम्पनी वीरगन्जका प्रमुख शशी बिचित्रले बताए।

प्रकाशित मिति: : 2020-06-09 22:09:26

प्रतिकृया दिनुहोस्