प्यूठानमा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक अस्पताल भैरहवामा गरिएको परीक्षणमा माण्डबी गाउँपालिकामा ५ र ऐरावती गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीले बताए।
उनका अनुसार संक्रमितमध्ये वर्ष २२, २५, २६, ३६, ४० र २६ का पुरुष रहेका छन्। उनीहरु सबै भारतबाट आएका हुन्।
यसअघि जिल्लाको माण्डबी गाउँपालिकामा २, प्यूठान नगरपालिकामा ८, सरुमारानी गाउँपालिकामा १ र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ।