जुम्लाका १८ काेराेना संक्रमित काेराेना जितेर घर फर्किएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट मंगलबार १८ जनाले कोराना जितेका हुन्।
कर्णाली प्राविधिक शिक्षालयको एकिकृत क्वारेन्टाइनमा बसेको बेला कोरोना भाइरस पोजिटिभ देखिएका उनीहरुको मंगलबार गरिएको पीसीआर परीक्षणकाे रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
एक सातादेखि अस्पतालको आइसोलेसनमा रहेका उनीहरु कोरोना जितेर घर फकिएका हुन्।
डिस्चार्ज हुनेमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि रहेका छन्। अस्पतालबाट डिस्चार्ज भएका १८ जनालाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले खादा लगायर अस्पतालबाट विदा गरेका छन्।
अझै ८ जना अस्पतालको आइसोलेसनमा उपचारार्थ छन्। उनीहरुको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ।