दिल्लीका मुख्यमन्त्री केजरीवालको कोराेना परीक्षण

बिएल संवाददाता

नयाँदिल्ली

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको मङ्गलबार कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन भएको छ ।

आइतबारदेखि हल्का ज्वरो र घाँटी दुख्ने समस्याजस्ता कोभिड–१९ का विरामीसँग मिल्ने लक्षणहरू देखिएपछि केजरीवाल सोमबारदेखि  सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। उनी समुदायबाट अलग बसेका छन् । 

आइतबार दिउसो ज्वरो आएपछि ५१ वर्षीय केजरीवालले तत्कालका  सार्वजनिक बैठकका कार्यक्रमलाई स्थगित तथा रद्द गरेका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा मङ्गलबारसम्ममा २९ हजार ९४३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ८७४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । 

दिल्लीमा उपचारपछि घर फर्किने विरामीको सङ्ख्या ११ हजार ३५७ रहेको छ भने हाल १७ हजार ७१२ सङ्क्रमित व्यक्तिले विभिन्न अस्पतालहरूमा सेवा लिइरहेका छन् । 

प्रकाशित मिति: : 2020-06-09 20:11:18

प्रतिकृया दिनुहोस्