उत्तर कोरिया ‘कोरोना फ्रि’ देश भएको दाबी झुट्टो, पोलिटब्यूरो बैठकमा कायम गरियाे सामाजिक दूरी !

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै देशलाई ‘कोरोना फ्रि’ घोषणा गरेको छ। 

विश्वमा ७० लाख ८५ हजार जना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको बताउँदै आएको छ।

तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका विरामीहरु भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन्। यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको बताइएको छ।

तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो। सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो संक्रमणबाट बच्न सफल भएको बताएका थिए।

उनले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको जानकारी दिएका छन्।

तर एक पार्टी बैठकमा उत्तर कोरियाली नेता किम जोङ आफैंले सामाजिक दूरीको नियम पालना गरेको खुलासा भएको छ। पोलिटब्यूरोको यो बैठकमा देशका आर्थिक परियोजनाहरूबारे छलफल गरिएको थियो।

एक प्रकाशित तस्वीरका अनुसार किमका छेउमा रहेका कुर्सीहरू हटाइएको स्पष्ट देखाउँदछ। पहिले किम गम्भीर बिरामी भएका खवरहरु आएको थियो। उनमा मुटुको समस्या रहेको र ज्यूदों नरहेकोसम्मका समाचारहरु प्रकाशित भएको थियो। यद्यपी पछि उनी सार्वजनिक रूपमा बाहिर आएका थिए। र सबै भ्रमहरुलाई चिरेका थिए। किमका प्रकाशित नयाँ तस्वीरमा उनी फिट देखिन्छन्। उनमा कुनै रोग नदिएको जस्तो देखिन्छ। 

तर उनी उनी सामाजिक दूरीका नियमहरु पालना गर्ने गर्दछन्। उनको यस्तो हर्कतले यस्तो देखिन्छ कि उत्तर कोरिया कोरोना भाइरसबाट अझै 
‘फ्रि’ भएको छैन। 

यसअघि गत एप्रिल २ मा दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक विरामी भएको थाहा पाएको बताएका थिए। 

दक्षिण कोरियासँगको सीमा क्षेत्रमा यसका एकजना संक्रमित रहेको आफूले थाहा पाएको उनले उनले दाबी गरेका थिए। त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताएका थिए।

उनले उत्तर कोरियालाई यस्तो महामारीका विरुद्धमा मिलेर लड्न र आवश्यक परे अमेरिकी सहयोग लिन एक पत्र पठाएका थिए। तर त्यस विषयमा उत्तर कोरियाको जवाफ भने नआएको अधिकारीहरु बताउँछन्।

आर्थिक संकटका बारेमा छलफल 

पोलिटब्यूरो बैठकमा किमले घरेलु आर्थिक संकटका बारेमा छलफल गरेका छन्। उनले कसरी देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र जनताको जीवनस्तर सुधार गर्ने बारे छलफल गरेको सरकारी न्यूज एजेन्सी केसीएनएले जनाएको छ। 

उनले देशको आर्थिक अवस्था सुधार गर्न रासायनिक उद्योगलाई पुनर्जीवित गर्न जोड दिएका छन्।

देशको अर्थतन्त्रका लागि प्राथमिकताका आधारमा मलको उत्पादन बढाउनु पर्ने आवश्यक रहेको बताए। 

प्रकाशित मिति: : 2020-06-09 10:31:50

प्रतिकृया दिनुहोस्