उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएका सबै अन्तर–कोरिया सञ्चार सम्पर्क स्थापित गर्ने माध्यमहरु बन्द गर्ने बताएको छ।
उत्तर कोरियाको सीमावर्ती शहर केइसङ्गमा रहेको सम्पर्क कार्यालयबाट हुँदै आएका टेलिफोनहरु मंगलबार मध्याहन्न १२ बजेदेखि बन्द हुने कोरियाको समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) ले जनाएको छ।
दुई कोरियाबिच सन् २०१८ मा भएको वार्तापछि तनाव कम गर्ने प्रयास स्वरुप सो कार्यालय स्थापना गरिएको थियो।
याे हटलाइन दुई देशका नेताबिच सिधा सम्पर्क स्थापित गर्ने मात्रै दरिलाे माध्यम थियाे।
गएको जनवरीमा कोभिड–१९ का कारण सम्पर्क कार्यालय अस्थायी रुपमा बन्द गरिएको थियो। सो बेला फोनमार्फत् सम्पर्क स्थापित हुने गरेको थियो। सम्पर्क कार्यालयबाट दैनिक दुई पटक टेलिफोन हुने गरेको थियो।
तर दक्षिण कोरियालाई ‘शत्रु’ का रुपमा परिभाषित गर्दै उत्तर कोरियाले सञ्चार सम्पर्क बन्द गर्नु पहिलो चरणको काम रहेको बताएको छ।