टिकटकमा छोरीसँगै दिन कटाउँदै हिमानी (भिडियाेसहित)

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन्। टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ।

यसमा साधारण व्यक्तिदेखि सेलिब्रेटीसम्म झुम्मिएका छन्। पछिल्लाे समय नेपालदेखि अमेरकासँग लकडाउन छ। यो लकडाउनमा समय कटाउन मानिसहरुले अनेकाैं उपाय अपनाई रहेका छन्। त्यसमा पनि आधिकांश मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक।

यतिखेर पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाहको रोजाइ पनि टिकटक नै बनेको छ।  फेसबुकमा र इन्स्टाग्राममा निक्कै सक्रिय देखिदै आएकी पूर्णिका पछिल्लो समय टिकटकमा समेत फ्यान बटुल्न सक्रिय हुन थालेकी छिन्।

@purnikarlds

We got it from our momma!! @kriii_shah we honestly have an amazing mother. ????❤️

♬ original sound - purnika_shah

उनलेकेही भिडियाे आमा हिमानी र बहिनी कृतिका शाहसँग मिलेर हालेकी छिन्। उनीहरुकाे भिडियाे @purnikarlds र @kriii_shah मा देख्न सकिन्छ। 

यही दुई एकाउन्टमा हिमानी आफूसँगै छाेरीद्वय पूर्णिका र कृतिकाकाे पछिपछि नाच्दै गरेकी देखिन्छिन्। 

 @purnikarlds काे एकाउन्टबाट ‘गुराँसको फेदमुनी’ बोलको गीतमा नचेकी छिन् भने कृतिकाकाे एकाउन्टबाट ‘चस्मा तल झारेर’ बोलको गीतमा हिमानीका आमााछाेरी देख्न सकिन्छ। 

@kriii_shah

Thank you so much 1k!! Say hi to Mamu!!!

♬ Nepali Ho - Prashant Tamang

यस्तै कृतिकाे एकाउन्टबाट ‘जे गर जतासुकै लैजाउ मलाई’ बोलको गीतमा हिमानी देख्न सकिन्छ। 

हुन त पछिलाे समय पूर्व राजपरिवारका पारस शाह पनि टिकटकमा नदेखिएका हाेइनन्।  उनी युटुवे पत्रकार साेनिका राेक्काकाे टिकटक भिडियाेमा देखिने गरेका थिए। त्यतिखेर पारस र साेनिकाकाे सम्बन्धका बारेमा अनेकाैं लख काटिन्थाे। तर पारसले भने आफू राजा परिवारसँग नभएकाे र राजतन्त्र अन्तय भएकाे भन्दै आफू सामान्य जीवनमा फर्किने प्रयास गरिरहेकाे बताएका थिए। 

@kriii_shah

Droppp ????.... @purnikarlds posteddd!!

♬ Banana (feat. Shaggy) - Conkarah

के हो टिकटक ?

टिकटक एक सोसल मिडिया एप्लिकेसन हो। बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो। सन् २०१६ मा लन्च भएको यो एप विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ। जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन्।

गुगल प्लेमा टिकटकको परिचय short videos for you  भनेर दिइएको छ।

टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ। तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ। आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ।

टिकटक राम्रो कला भएका तर अवसर नपाएकाहरूका लागि पनि राम्रो प्ल्याटफर्म भएको छ। टिकटकमा चर्चा कमाएकै कारण नाम र दाम दुवै हात पार्नेहरू पनि थुप्रै छन्। 
 

प्रकाशित मिति: : 2020-06-08 22:00:18

प्रतिकृया दिनुहोस्