लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत पुरुषको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। 

गुल्मीको मालिका गाउँपालिकाका ६७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।

स्वासप्रस्वासमा समस्या र ज्वरो आएको पुरुषलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिएको अस्पताल स्रोतले बताएको छ।

उनको स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल भैरहवा पठाएपनि रिपोर्ट भने आउन बाँकी छ। 

प्रकाशित मिति: : 2020-06-08 19:31:43

प्रतिकृया दिनुहोस्