कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक भाेलि बस्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

 सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ।

उनका अनुसार बैठकमा कोरोना भाइरस महामारीका सम्बन्धमा छलफल हुने छ। 

लकडाउनकै बीच कांग्रेसले तेस्रो पटक केन्द्रीय समिति बैठक बोलाएको हो।

प्रकाशित मिति: : 2020-06-07 19:52:26

प्रतिकृया दिनुहोस्