बाराको पथलैया र निजगढमा सेनाको क्याम्प राखेकाेमा सरिता गिरीको आपत्ति

बिएल संवाददाता

काठमाडाै‌ं

राजपा नेपालकी सांसद सरिता गिरीले बाराको पथलैया र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नेपाली सेनाको क्याम्प राखेको भन्दै आपत्ति जनाएकी छिन्

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि धारणा राख्ने क्रममा सांसद गिरीले यी दुई ठाउँमा सेनाको ठूलो ब्यारेक राखेको भन्दै आपत्ति जनाएकी हुन्।

‘बजेटमा सेनाको लागि एयरबेस बनाउने भन्ने कुरा आएको छ। कहाँ बनाउने त्यसमा मौन छ तर मलाई थाहा छ। दुई तीन वर्षदेखि निजगढमा एयरबेस बनाउने तयारी गरिएको छ। सेना त्यहाँ जान्छ जहाँ सीमा बिवाद छ। तर यहाँ सेनाको बेस बनाएका छन्,’उनले भनिन्।

उनले सभामुखलाई सेना दक्षिण सीमाना लैजाने कि उत्तरीमा सिमानामा लैजाने भन्दै प्रश्न गरिन्। ‘यसलाई सरकारले स्पष्ट पार्न पार्नुपर्छ। चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकोले उत्तरमा सेनाको पोष्ट बनाइन्छ?’ उनले प्रश्न गरिन्।  

उनले निजगढ बिमानस्थल बनाउन लागेको भनेर प्रचार गरेपनि त्यसमा सत्यता नभएको बताइन्। 

‘मैले बारम्बार भनिरहेको छु निजगढ विमानस्थलको बारेमा जे प्रचार गरिएको छ त्यसमा सत्यता छैन। निजगढमा सेनाको ब्यारेक बनाउने तयारी भइरहेको छ। फास्ट ट्रयाक सेनालाई दिइयो र पथलैयामा सेनाको ठूलो क्याम्प बनाइएको छ। जहाँ तीनतिरबाट सडक आएको छ त्यहाँ सेनाको क्याम्प बनाउन किन आवश्यक पर्यो?’,उनले प्रश्न गरिन्।

प्रकाशित मिति: : 2020-06-07 16:03:30

प्रतिकृया दिनुहोस्