प्रदेश प्रमुख शेरचनलाई पञ्चवर्षीय योजना हस्तान्तरण

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण गरिएको छ।

 प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशले तयार गरेको गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब आयोगका उपाध्यक्ष डा गिरधारी शर्माले प्रदेश प्रमुख शेरचनलाई हस्तान्तरण गरेका हुन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकार्पण गरेको उक्त पुस्तकमा प्रदेशमा आगामी पाँच वर्षमा गरिने मुख्य योजनाहरू समेटिएका छन्। 
 

प्रकाशित मिति: : 2020-06-06 13:58:07

प्रतिकृया दिनुहोस्