नेकपा सांसद गंगा चौधरीले आफूलाई भारतीय जासुस भनेकोमा सरिता गिरीको आपत्ति, संसदबाट रेकर्ड हटाउन माग

सांसद सरिता गिरीले आफूलाई नेकपा सांसद गंगा चौधरीले भारतीय जासुस भनेको आपत्ति जनाएकी छन् । शुक्रबारको संसद बैठकमा बोल्दै गिरीले सांसद चौधरीले संसद्मा बोलेका कुरा अर्काइभबाट हटाउन माग गरेकी छन् ।

समाजवादी पार्टीकी सांसद गिरीले संसदमा हिन्दी भाषामा बोल्दैमा त्यसलाई भारतीय जासुस देख्ने अभिव्यक्तिलाई हेट स्पिचको रूपमा लिँदै रेकर्डबाट हटाउन माग गरेकी हुन् । उनले आफ्नो मागको सुनुवाइ नभए ठूलो दुर्घटना हुने चेतावनीसमेत दिएकी छिन् ।

नेकपाकी सांसद चौधरीले नेपालको नयाँ नक्सामाथि शून्य समयमा बोल्दै भारतीय चेलीहरू नेपालको नक्सा जारी गर्दा भारतसँग सोधेर जारी गर्नुपर्ने भनाइप्रति आपत्ति जनाएकी थिइन् । उनले भारतीय जासुसी संस्था ‘रअ’का एजेन्टहरू घाइते हुने गरेको भनेर अभिव्यक्ति दिएकी थिइन् ।

प्रकाशित मिति: : 2020-06-05 14:14:45

प्रतिकृया दिनुहोस्