जनमोर्चाको संघीयता खारेज गर्नुपर्ने व्यवस्थासहितकाे संविधान संशोधन विधेयक दर्ता भएन

बिएल संवाददाता

काठमाडाै‌ं

 राष्ट्रिय जनमोर्चाले ल्याएको संविधान संशोधन विधेयक संघीय संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ।

सांसद दुर्गा पौडेलले मंगलबार लिएर गएको संविधान संशोधनसम्बन्धी गैर सरकारी विधेयकको फर्म्याट नमिलेको भन्दै सचिवालयले फिर्ता पठाएको हो।

जनमोर्चाले संघीयता खारेज गर्नुपर्ने व्यवस्थासहित संविधान संशोधन विधेयक दर्ता गराउने तयारी गरेको थियो।

प्रकाशित मिति: : 2020-06-02 15:33:09

प्रतिकृया दिनुहोस्