प्रदेश २ प्रदेशसभामा भोलि भर्चुअल बैठक, पत्रकारलाई प्रवेश निषेध

प्रदेश २ को निति तथा कार्यक्रम र बजेट ल्याउन प्रदेशसभाको बैठक भोलि बुधबारका लागि डाएिको छ। तर सो बैठक भर्चुअल बैठक हुने छ। 

दिउँसो १ बजे बोलाइएको बैठकमा चौथो अधिवेशन आह्वान सम्बन्धि प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सहसचिव रञ्जित यादवले जानकारी दिए।

प्रदेशसभा सचिवालयका अनुसार भर्चुअल बैठक भएपनि उपस्थित हुन सक्ने सांसद भौतिक रुपमा पनि सहभागि हुन सक्ने छन्। उपस्थित हुन नसक्ने सांसदहरुलाई सचिवालयले उपलब्ध गराएको ल्यापटप प्रयोग गर्न आग्रह गरिएको छ।

भोलिको बैठकमा सञ्चाकर्मीहरुलाई भने प्रवेश दिइने छैन। युट्युव तथा विभिन्न सञ्चारमाध्मबाट बैठकको प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाइएको सहसचिव यादवले बताए।

यस्तै चौथो अधिवेशनका लागि प्रवेश कार्ड नविकरण नभएका कसैले पनि प्रवेश पाउने छैनन्। 

प्रकाशित मिति: : 2020-06-02 11:28:52

प्रतिकृया दिनुहोस्