हिंसात्मक प्रदर्शनलाई  तत्काल अन्त्य गर्न ओबामाले गरे अपिल

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले जर्ज फ्लोइडको मृत्युपछि भइरहेको हिंसात्मक प्रदर्शनलाई  तत्काल अन्त्य गर्न अपिल गरेका छन्।

रंगभेद विरुद्ध देशव्यापी रुपमा भइरहेको प्रदर्शनमा हिंसाको प्रयोग भएको प्रति उनले गम्भीर चासो र चिन्ता व्यक्त गर्दै उनले उक्त आग्रह गरेका हुन्। ‘परिवर्तनको अपेक्षामा भइरहेका शान्तिपूर्ण प्रदर्शनको प्रशंसा योग्य छ। तर केही सानो समूह हिंसात्मक हुँदा मानिसहरु जोखिममा परेका छन्। त्यसैले हिंसाको प्रयोग तत्काल अन्त्य गर्न अपिल गर्दछु,’उनले भनेका छन्।

ओबामाले प्रदर्शन सम्पूर्ण समाजको हितका लागि भएपनि हिंसाको प्रयोग हुँदा नोक्सानी हुने बताएका छन्।

‘सम्पूर्ण समाजको हितका लागि भएपनि हिंसाको प्रयोग हुँदा नोक्सानी हुन्छ।  विनाशले लामो समयसम्म आफैलाई समस्यामा पार्ने भएकाले हिंसालाई कुनै पनि हालतमा प्रदर्शनको माध्यम बनाउन हुँदैन,’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2020-06-02 09:10:16

प्रतिकृया दिनुहोस्