लकडाउन भित्र ९६ अन्तर्राष्ट्रिय फ्लाइट, ७३५० नागरिक बाहिरिए

कोभिड–१९ (नोबल कोरोना भाइरस) का कारण देश गत चैत १२ गतेदेखि बन्दाबन्दी (लकडाउन) मा छ।

थप कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले सबै अन्तर्राष्ट्रिय नाकाहरू बन्द गरेको छ।

स्थलमार्गका नेपाल-भारत र नेपाल-चीनका सबै नाका बन्द छन्। एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको छ।

नेपालले विदेशबाट आउने/जाने हवाइ उडानहरू बन्द गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आजसम्म (२०७७ जेठ १६ गते) अर्थात  बन्दाबन्दीको ६७ औं दिनसम्म कार्गो र प्यासेन्जर बोकेर चार्टड फ्लाइट ९६ वटा गरेको छ ।

‘लकडान (बन्दाबन्दी) को अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आजसम्म ९६ वटा अन्तर्राष्ट्रिय फ्लाइट भएका छन्’, त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलका निर्देशक सागर आर्चायले भने,‘अहिलेसम्मका फ्लाइटहरु धेरै कार्गो र चार्टड फ्लाइटहरू छन्।’

अधिकांश चार्टड फ्लाइटमा नेपालस्थित विदेशका राजदूतावासले आफ्ना नागरिकलाई आफ्नो देश फर्काएको निर्देशक आर्चायले बताए ।

जर्मन राजदूतावासरले १२ सय ३ जना आफ्ना नागरिक फिर्ता लगेको छ। यस्तै जापानले १५ सय १६ जना आफ्ना नागरिक फिर्ता लगेको छ। अमेरिकाले ९ सय ८ जना, फ्रान्सले ६ सय ८ जना, अष्ट्रेलिया २ सय ५७ जना, मलेसिया ३३, रसिया १ सय १० जना, भुटान १४ जना, क्यानडा २ सय ७ जना, इण्डोनेसिया २ सय २८, चीनले ३ सय ३६ जना र अन्य देशले सानो संख्यामा गरि ७ हजार ३५० जना विदेशी र नेपाली नागरिक बाहिरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-01 15:08:27

प्रतिकृया दिनुहोस्