कपिलवस्तुमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्याल कपिलवस्तुका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा महाराजगन्ज नगरपालिकाका बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् भने कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन् ।
यस्तै, यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ जना तथा २५ र १९ बर्षका २ जना महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयको कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।