कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।
शनिबार बिहान गौरीगंगा नगरपालिका–८ का १८ वर्षीय भुवन बोहोराको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो। ढिस्कोले पुरिएर सोही ठाउँका ४० वर्षे दुर्गा मन्नी भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गणेश सामुदायिक वनमा माटो खन्ने क्रममा माथीबाट ढिस्को खसेर पुरिएर दुबै जना घाइते भएका थिए।
घाइते दुबै जनालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। बोहोराको उपचारकै क्रममा ज्यान गएको र मन्नीको हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।