दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
३५ वर्षीय ती युवाको मृत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले पुष्टि गरे ।
उनी गत ७ गते भारतबाट आएका थिए । भारतबाट आएका कारण उनीसहितको टोलीलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेको थियो।
उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने डा. विसीले बताइन।