नेकपा सचिवालय बैठक शुरु

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सचिवालय बैठक शुरु भउकाे छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटर्वार्तापछि आज विहान ९ बजेका लागि बैठक बाेलाइएकाे थियाे।

तर केही समय ढिला गरी शुरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु गरिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुनेछ। यस्तै बजेटमा विवादीत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समावेश गरिएपछि छलफल गर्न लागिएको बुझिएको छ। 

शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो। 

बुधबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव हटाइएपछि आशंका पैदा भएको छ।

प्रकाशित मिति: : 2020-05-30 08:50:16

प्रतिकृया दिनुहोस्