वीरगञ्जका ४ कोरोना संक्रमित निको भएर घर फर्किए

वीरगञ्जको कोरोना विषेश अस्थायी अस्पताल गण्डकबाट ४ जना डिस्चार्ज भएका छन् ।

मेसु मदन उपाध्यायका अनुसार डिस्चार्ज हुनेमा २ जना महिला २ जना पुरुष रहेका छन्। 

योसँगै वीरगञ्ज महानगरपालिका ३ का १०३ जनामा ९८ जना डिस्चार्ज भएका छन् ।

नारायणी अस्पतालको कोरोना विषेश अस्थायी अस्पताल गण्डकमा अब ५ जना मात्रै उपचाररत छन् ।

प्रकाशित मिति: : 2020-05-27 21:41:02

प्रतिकृया दिनुहोस्