कर्णालीमा थपिए १५ संक्रमित, सेना परिचालनकाे तयारी

कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुलाई संक्रमण देखिएकाे हाे। नयाँ संक्रमित देखिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ। 

संक्रमितमध्ये १० जनालाई मेहलकुनास्थित अस्पतालमा पठाउने र बाँकीलाई कर्णाली प्रदेश अस्पतालमा राख्ने अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए। 

यसैबीच, कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि सेना परिचालन गर्न स्वीकृतिको लागि नेपाल सरकारसँग अनुरोध गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णयसहित सहयोग मागेको सरकारकी प्रवक्ता विमला केसीले बताइन्।

कोरोनाका कारण रोजगारी गुमेपछि धेरैसंख्यामा कर्णालीवासी भारतबाट फर्किरहेका छन्।  कर्णाली सरकारले भारतबाट ३० हजार फर्किने अनुमान गरेकाे छ।

ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ। 

प्रकाशित मिति: : 2020-05-27 17:25:42

प्रतिकृया दिनुहोस्