बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोरोना भाइरस संक्रमितको उपचारमा 'रेमडिसिभियर'को प्रयोगका लागि स्वीकृति दिएकाे छ।
'रेमडिसिभियर' खासमा इबोलाको उपचारका लागि प्रयोग भएको रेमडिसिभियर एन्टी–भाइरल औषधि हो।तर याे औषधि दिइएका बिरामी चाँडो निको हुने देखिएपछि स्वीकृति दिइएकाे हाे।
बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककले रेमडिसिभियरको प्रयोग स्वीकृत प्रदान गरिनु कोरोना भाइरसको महामारी सुरु भएयता यसको उपचारको पक्षमा भएको सबैभन्दा ठूलो निर्णय भएकाे बताएका छन्।
तर बेलायतका नियामकहरुले रेमडिसिभियरलाई कोरोना भाइरसविरुद्धको उपचारमा प्रयोग गर्नका लागि आवश्यक सबै प्रमाण रहेको बताएका छन्। उनीहरुलेल याे औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गरी अस्पतालमा चाप कम गर्न तथा अहिले लागु गरिएको लकडाउन खुकुलो पार्न सहयोग गर्ने देखिएको बताएका छन्।
तत्कालका लागि यो औषधि अनुसन्धानले सबैभन्दा धेरै प्रभावकारी हुने देखाएका समूहमा मात्रै प्रयोग हुनेछ।
अमेरिकी कम्पनी अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको याेऔषधि अमेरिका र जापानमा यसअघि नै प्रयोग सुरु भएकाे थियाे।
अमेरिकामा यो औषधिको मानवीय परीक्षण नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) ले गरेको हो। सो परीक्षणमा एक हजार ६३ जनाको सहभागिता थियो।
केही बिरामीलाई औषधि दिइएको थियो भने केहीलाई प्लासेबो (कोभिड–१९ का बिरामीलाई गरिँदै आएको हालको अस्थायी उपचार विधि) गरिएको थियो।
यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा बिस्तार हुन पाउँदैन।
तर गिलियाडको औषधिको प्रयोगबाट संक्रमितको मृत्युदर कम हुने वा नहुने भन्नेमा स्पष्ट जानकारी आएको छैन। परीक्षणमा सहभागी भएका मध्ये गिलियाडको औषधि दिएका मध्येमा मृत्युदर ८ प्रतिशत तथा अरुमा ११.६ प्रतिशत देखिएको छ। तर यसबारे थप अनुसन्धानको खाँचो रहेको विज्ञहरुले बताएका छन्।