इँटाभट्टामा कार्यरत एक मजदुरको मृत्यु

कपिलवस्तुमा इँटाभट्टामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका– १० लोहरौला स्थित सोनी इँटाभट्टामा काम गर्ने क्रममा इँटाको चाङ खसेर गम्भीर घाइते भएका स्थानीय ३२ बर्षिय नारायण पोख्रेलको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो। 

भैरहवा मेडिकल कलेजमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

शवलाई पोस्टमार्टम पछि आफन्तलाई बुझाइएको छ ।

प्रकाशित मिति: : 2020-05-26 18:39:31

प्रतिकृया दिनुहोस्