संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो

बिएल संवाददाता

काठमाडाै‌ं

संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ।

मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो। सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको थियो।

आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सार्वजनिक नक्सालाई समेटेर दुबै सदनमा नक्सासहितको लोगो राख्न  निर्देशन दिएकाे थियाे।

बैठकले राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ बमोजिम पोशाक र प्रतीक तोके बमोजिम परिमार्जन गर्ने निर्णय पनि गरेकाे छ।

नयाँ नक्सा जारी भएसँगै संविधान संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ। 

प्रकाशित मिति: : 2020-05-26 12:32:29

प्रतिकृया दिनुहोस्