कोरोना भाइरस (कोभिड–१९) पूर्णरुपमा रोकथाम गर्न औषधी र खोपहरूको निर्माण विश्वव्यापी रूपमा शुरू भएको छ।
धेरै देशका वैज्ञानिकहरू यसमा व्यस्त छन्। तर हाल अक्सफोर्ड विश्वविद्यालय अग्रणी चरणमा छ। यता थाइल्याण्डले पनि खोपहरू बनाउने काममा तिब्रता दिएको छ।
थाइल्याण्डका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसको खोप मुसामा सफल परीक्षण गरेपछि अब बाँदरमा परीक्षण शुरू गरेका छन्।
अनुसन्धानकर्ताहरुले २०२१ सम्म कोरोना भाइरस रोकथामका लागि खोप तयार गर्ने दाबी गरेका छन्। उनीहरूले छिटो र सस्तो खोप बनाउने दाबी पनि गरेका छन्।
थाइल्याण्डको नेशनल प्राइमेट रिसर्च सेन्टरका निर्देशक डा. सुचिन्डा मालविजितजोडले शनिबार १३ वटा बाँदरमा गरिएको परीक्षणको निरीक्षण गरेकी छिन्।
उनले भनिन्, ‘आशा छ कि मेड इन थाइल्यान्ड युरोपियन वा अमेरिकी औषधी भन्दा सस्तो हुनेछ।’
थाइल्याण्ड जनवरी पछि चीनमा कोरोना महामारी पत्ता लगाउने पहिलो देश हो। तर अहिलेसम्म ३ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित छन् भने ५७ जनको मृत्यु भइसकेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा १०० भन्दा बढी समूहमा खोप बनाउन अनुसन्धानकर्ताहरुको टोली संलग्न छन्। र उनीहरु विभिन्न चरणमा छन्, जसमध्ये कम्तिमा पनि आठ समूहले मानिसमा खोपहरुको परीक्षण गरिसकेका छन्।