चीनमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

चीनमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले  सोमबार दिएको जानकारी अनुसार अहिले थपिएका ११ जना संक्रमितको विवरण आइतबार नै आएको थियो। ती ११ जनामध्ये दश जना मङ्गोलिया स्वशासित क्षेत्र र एक जना सिचुवान प्रान्तमा रहेको सरकारी स्वास्थ्य अधिकारीहरुले।   

यता मन्त्रालयले अरु ४० जनामध्ये ३८ जना कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ। पूर्णरुपमा कोरोनाबाट संक्रमित हुन बाँकी रहेका तर शंकास्पद अवस्थाका विरामी रहेकाे मन्त्रालयले जनाएकाे छ। 

मन्त्रालयका अधिकारीहरुका अनुसार चीनमा अहिले कुल ३९६ जना काेराेना भाइरससँग मिल्दाेजुल्दाे लक्षण देखिएकाे विरामी छन्।  ती मध्ये ३२६ जना वुहानका हुन् ।  यस्ता शंकास्पद भनिएको विरामीहरुलाई स्वास्थ्य परिक्षण गर्दा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि हुन्छ, तर लक्षणहरु भने नहुने गरेको अधिकारीहरुको भनाइ छ।

वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी संक्रमित भएको पाइएको थियो। 
 

प्रकाशित मिति: : 2020-05-25 20:37:48

प्रतिकृया दिनुहोस्