गोकर्णेश्वर नगरपालिका–७, क्षेत्रका सात घर सिल गरिएको छ। शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएकाे हाे।
ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पीसीआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए ।
संक्रमितको घरमा तीन जनामात्र बस्थे। परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए।