संघीय संसद र सदस्यहरुले प्रयोग गर्दै आएको लोगो परिमार्जन हुने

बिएल संवाददाता

काठमाडाै‌ं

संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सदस्यहरुले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन हुने भएको छ।

सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे कार्यकक्षमा आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले  उक्त निर्णय गरेकाे हाे।

बैठकले सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ बमोजिम पोशाक र प्रतीक तोके बमोजिम परिमार्जन गर्ने निर्णय गरेकाे छ।

बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक एक दिन पर सारेको छ। १२ गते मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो । बैठक १३ गते ११ बजे बस्ने छ।

प्रकाशित मिति: : 2020-05-24 13:02:15

प्रतिकृया दिनुहोस्