सुर्खेतमा तीनजना व्यक्तिको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको छ।
कोरोना भाइरस संक्रमणको आशंकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका निर्देशक डा. डम्वर खड्काले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनका अनुसार पुनः परीक्षणका लागि स्वावको नमुना नेपालगञ्ज पठाइएको छ। रिपोर्ट आज दिउँसोसम्म आउने उनले बताए।