नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने ४९ पुगे

नेपालमा बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले जनाएको छ। नियमित्र प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

झापा ८ जना र रुपन्देहीमा १ गरि ९ जनामा संक्रमण देखिएको उनले बताए।

यो सहित नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

निको हुने संख्या ४९ पुग्यो

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४९ पुगेको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को उपचाररत चार डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४९ पुगेको हो।

काठमाडौंका दुई र भक्तपुरका दुईजना संक्रमित बिहीबार कोरोना जितेर डिस्चार्ज भएका हुन्। पछिल्लो दुई रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डिस्चार्ज हुने दुई महिला र दुई पुरुष हुन्। उनीहरु वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। अब टेकु अस्पतालमा एकजना कोरोना संक्रमितको उपचार भइराखेको छ।

मृतकको संख्या तीन पुग्यो

प्रकाशित मिति: : 2020-05-21 16:29:04

प्रतिकृया दिनुहोस्