कोरोना परीक्षण : बुद्धमार्गका सबैको रिपोर्ट नेगेटिभ

कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले आरडिटी परीक्षण गरेको थियो।

 टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। 

'नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न जिल्लाबाट नगर क्षेत्रमा आएका व्यक्तिको सो परीक्षण गरिएको थियो' उनले भने। 
 
 पोजेटिभ देखिएकाको पिसिआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ।  बुधबार नगरपालिकाको वडा नं २ प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ७ हेराल्ड कलेज, वडा नं ५ श्रीसमाज र वडा नं ९ कान्तिपुर पब्लिक स्कूलमा परीक्षण गरेको थियो।

 नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोना सङ्क्रमणबाट मृत्युभएपछि हालसम्म सो नगरक्षेत्रमा अन्य व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको छैन।

यसअघि मृतक सुत्केरी बस्दै आएको टोखा–९ बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गर्दा सबैको रिपोर्र्ट नेगेटिभ देखिएको थियो।

 नगरपालिकाले अन्य व्यक्तिको कोरोना जाँच गरिरहेको प्रमुख अधिकारीले जानकरी दिए। 
 

प्रकाशित मिति: : 2020-05-21 13:41:18

प्रतिकृया दिनुहोस्