पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।
अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। साथै अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १७ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा १४ हजार एक सय ५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । पाकिस्ततानको बोलोचिस्तान कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देखिएको छ ।
पाकिस्तानमा मार्च १८ मा कोरोना भाइरसका पहिलो संक्रमित फेला परेका थिए । त्यसको केही समयपछि पाकिस्तानले भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो ।
यो महिनाको सुरुमा पाकिस्तानले आर्थिक समस्यालगायतका कारण देखाउँदै लकडाउन खुकुलो पार्दै जाने निर्णय गरेको थियो । अहिले पाकिस्तानमा केही उत्पादन क्षेत्र र व्यवसायहरु खुले पनि विद्यालयहरु भने जुलाई १५ सम्म बन्द रहनेछन् ।