कोरोना भाइरस परीक्षण नगरेर भारतबाट आएका सयौंलाई नेपाल प्रवेश गराइँदैछ ।
स्थानीय तह र प्रदेश सरकारकाबीच समन्वय र पूर्वतयारी नहुँदा हजारौ नेपाली कोरोना भाइरस परीक्षण बिनै नेपाल भित्रिदैछन् ।
भारतका बिभिन्न स्थानबाट गौरीफन्टा आइपुगेका एक हजार बढि नेपाली बुधबार साँझ धनगढी भित्रिनेछन् ।
उनीहरुलाई नाकाबाटै सम्बन्धित तहमा पठाइने भनिएपनि त्यसका लागि बसको व्यवस्थापन हुन सकेको छैन ।
उनीहरु भोकभोकै छन् । उनीहरुले खाना र पानी पाएका छैन ।
र्यापिड टेष्ट बिना नै उनीहरुलाई भित्र्याइन थालेपछि कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।
भारतबाट हजारौको संख्यामा नेपालीहरु आउने कुराको जानकारी हुदा हुदै पनि प्रदेश सरकार र स्थानीय तहले त्यसको व्यवस्थापनका लागि भने कुनै तयारी नगरेका कारण यो अवस्थाको सृजना भएको हो ।