रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ। बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ।
यसअघि प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ती बिरामीको मृत्यु भइसकेको बताएका थिए।
प्रदेशका जिम्मेवार मन्त्रीले दिएको सूचनाका आधारमा हामीले यसअघि समाचार प्रकाशन गरेको जानकारी गराउँदै उक्त समाचारका कारण पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं।