भारतले कालापानीमा किन भन्छ चिनियाँ चाल?

नेपाल–भारत सीमा विवाद र नेपाल सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्ने निर्णयले यतिबेला नयाँ रूप लिएको छ।

नेपाली भूमि लिपुलेक, लिम्पीयाधुरा र कलापानी क्षेत्र समेत समेट्ने गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारले तयारी थालेको छ। नेपाल सरकारले नयाँ नक्सा प्रकाशित गर्ने निर्णयलाई भने भारतीय पक्षले वर्षौ पुरानो मित्रवत सम्बन्ध बिगार्ने काम भएको बताउँदै आएको छ। यद्यपि, भारतले यी क्षेत्र आफ्नो भूमि भएको दाबी गरिरहेको छ।

नेपालले कहिले फिर्ता लेला भारतबाट कालापानी? (भिडियोसहित)

भारतीय कुटनीतिक मामिलाका जानकारहरूले लिपुलेक, लिम्पीयाधुरा र कलापानी प्रकरण चिनियाँ चालका रुपमा बुझेका छन्। उनीहरुले नेपाललाई चीनले उचालेको आरोपसमेत लगाइरहेका छन्। नेपाल–भारत सीमा विवादका सन्दर्भमा भारतले चीनलाई जोड्नुको अर्को कारण, कम्युनिष्ट पार्टीको सरकार पनि हो।

कम्युनिष्ट पल्लाभारी भएको चीनसँग, नेपालको कम्युनिष्ट सरकार नजिकिएको चर्चा नौलो भने होइन। केही दिन अघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेले समेत घुमाउरो ढंकले सीमा विवादलाई चीनसँग जोडे। सेना प्रमुख नरवानेको यो भनाईलाई नेपाली जानकारहरुले भारत सरकारकै धारणाका रुपमा बुझेका छन्। सेना प्रयोग गरेर तर्साउन खोजेको उनीहरुको आरोप समेत छ।

भारतीय पूर्व विदेश सचिव शशांकले नेपालसँग ठूलो भाइ र सानो भाइको पुरानो सम्बन्ध कायमै राख्न, नेपालसँग भारतले भरोसा दिन जरुरी रहेको बताएका छन्। हिन्दुस्तान पत्रिकासँगको कुराकानीमा उनले नेपालमा कम्युनिष्ट पार्टीको प्रो चीन नीति समयमै भारतले बुझ्न नसकेको बताए।

पूर्व सचिव शंशाकले कालापानी नदी किनार क्षेत्र सधै भारतसँगै रहेको दाबी समेत गरेका छन्। सीमा विवादका बारेमा दुबै देशले एकअर्कालाई बुझेर यस्ता मुद्दामा लगातार संवाद गर्नुपर्ने तर्फ उनले सुझाए।

अधिकांश भारतीयको चीनलाई हेर्ने दृष्टिकोण फरक छ। भारत–चीन सीमा विवादसँगै पाकिस्तानसँगको चिनियाँ निकटता पनि हो। पछिल्लो समय भारतीयहरु नेपाललाई चीनसँग नजिकिएको आरोप लगाउने गरेका छन्।

यो हो हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा

लिपुलेकमा सडक निर्माण गरेको वर्षौपछि नेपाल बोल्नुलाई चीनको भित्री चाल नै भएको उनीहरुको भनाई छ। नेपालको विरोधलाई ध्यानमा राख्दै दुबै देशहरू विदेश सचिवस्तरीय वार्ता गर्न सहमत भएको समेत स्मरण गराएका छन्। कुटनीतिज्ञहरु चीनले नेपाललाई आफ्नो नियन्त्रणमा राख्न खोजिरहेको बताउँछन्। कम्युनिष्ट पार्टीका अध्यक्ष, प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि चीनले नेपाललाई राम्रो आर्थिक सहयोग गरेको उनीहरुको दाबी छ। नेपालको चहाना बेलैमा बुझ्न नसक्नु भारतीय कुटनीतिक बिफलता भएको उनीहरुको आरोप छ।

यो पनि हेर्नुहोस्

नेपालको नयाँ नक्सा जारी, ‘प्रधानमन्त्री ओलीको सिंह चढेर सवारी ?’

संसदबाट प्रधानमन्त्री ओलीको भारतलाई प्रश्नः सत्यमेव जयते कि सिंहमय जयते?

प्रकाशित मिति: : 2020-05-20 10:38:37

प्रतिकृया दिनुहोस्