वीरगञ्जको नारायणी अस्पताल र सिद्धार्थ माविको सेमी आइसोलेशनमा रहेका कोरोना भाइरस संक्रमितहरुका लागि रोगप्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदीक औषधि तथा सुख्खा फलफुल वितरण गरिएको छ।
भोर नामक गैर सरकारी संस्थाले इम्युनिटी पावर बढाउनको लागि ९० व्यक्तिलाई १० दिनसम्म पुग्ने गरी सो सामाग्री मंगलबार नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
वितरण गरीएको सामग्रीमा च्यावनप्रास ५०० ग्राम , त्रिफालाचुर्ण ५०ग्राम, अस्वगन्धाचुर्ण ५० ग्राम, ड्राई फ्रूइट २५० ग्राम काजू, किसमिस, छोकड़ा, पिस्टा ,बादाम, प्रतिव्यक्ति २ किलो सातु, अमृत चिया, कागती ३ पीस लगायतकाको रहेको अभियन्ता थारुले बताए ।