कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाका ५४ जना छिमेकीको स्वाबको पीसीआर परीक्षण नेगेटिभ आएको छ।
बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको ‘थ्रोट स्वाब’ परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय चौताराका तथ्यांक अधिकृत कृष्ण तिवारीका अनुसार ५४ जनाको भने पीसीआर नेगेटिभ आएको छ। उनले दुई जनाको रजिस्ट्रेसन नभएको बताए।
वाग्मती सरकारकाा विज्ञ संलग्न र्यापिड रेस्पोन्ससहित जिल्ला स्वास्थ्यकर्मीको टिमले बाह्रबिसे नगर–९ स्थित चालिसे गाउँकी २९ वर्षिया मृतक संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र सम्पर्कमा रहेका ५६ जना स्थानीयको नमुना संकलन गरेर सोमबार पठाएको थियो भने बाँकी एकसय ३५ को मंगलबार बिहानसम्म काठमाडौं पुर्याइएको छ।